नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्न १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। ३१ बल खेलेका उनले ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकासहित ३० रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। त्यस्तै, हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र थारिन्दु रत्नायकेले समान १-१ विकेट लिए।
अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।