वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारुस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ का २८ वर्षीय रविन्द्र मगराती पक्राउ परेका छन्।
पाँच जना पीडितबाट ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।
उनी काठमाडौं महानगरपालिका-२९ पवित्रनगरबाट पक्राउ परेका हुन्। मगरातीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।