ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, अब मैदानमा ल्याउन मेरो उम्मेदवारी : राठौर

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई भित्तामा पुर्‍याएको र कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुन खोजिरहेको अवस्थामा कांग्रेसलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै राठौरले आफू सभापति बने कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक परे जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।

‘म सभापति भएँ भने कांग्रेसलाई एक बनाउन जस्तोसुकै त्याग गर्न तयार छु। कांग्रेसलाई एक बनाएर लैजानका लागि मेरो उम्मेदवारी हो,’ उनले भने।

विज्ञापन

उनले आफ्नो उम्मेदवारी कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र सुवर्णशमशेरले निर्माण गरेको पार्टीको मूल आदर्श र राजनीतिक संस्कार जोगाउन केन्द्रित रहेको बताए।

राठौरले राजनीतिलाई केवल पद र शक्ति प्राप्तिको माध्यमका रूपमा स्थापित गर्ने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी रहेको दाबी गरे। आफूले २० वर्षभन्दा लामो राजनीतिक जीवनमा अपनाएको बाटो र राजनीतिक संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासस्वरूप सभापतिमा उम्मेदवारी दिएको उनको भनाइ थियो।

‘राजनीति भनेको पद प्राप्ति र पावर प्राप्ति हो भन्ने किसिमले स्थापित गर्न खोजिएको प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो,’ उनले भने, ‘मैले आजसम्म जुन राजनीति गरेँ, कांग्रेसमा २० वर्षभन्दा लामो राजनीतिक जीवनमा जुन बाटो हिँडेँ, त्यही बाटो नयाँ पुस्तालाई देखाउने प्रयास गर्नेछु।’

राठौरले कांग्रेसको १५औँ महाधिवेशन यस्तो समयमा भइरहेको बताए, जहाँ रास्वपाले कांग्रेसलाई चुनौती दिइरहेको र कम्युनिस्टहरू पनि मिल्न खोजिरहेको अवस्था रहेको उनको दाबी छ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनको परिणामले कांग्रेसको अहिलेको अवस्थाको मूल्यांकन गर्ने भन्दै उनले पार्टीलाई तत्काल एकताबद्ध र सुदृढ बनाउनुपर्ने बताए।

उनले कांग्रेसभित्र नेता र कार्यकर्ताबीच न्याय हुनुपर्नेमा पनि जोड दिए। नेताको पछि लागेकै आधारमा कार्यकर्ताले न्याय नपाउने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

‘पार्टीमा नेता र पार्टीको पछि लागेका कार्यकर्तालाई न्याय हुनुपर्छ। यदि नेताले न्याय गरेन भने कार्यकर्ता जाने ठाउँ हुनुपर्छ,’ उनले भने, ‘नेताले गर्न सक्ने अधिकतम न्याय गर्नुपर्छ भन्ने मेरो मान्यता हो।’

सभापति निर्वाचित भए पूर्वदेखि पश्चिम महाकालीसम्मका कांग्रेसका नेता तथा कार्यकर्तालाई न्याय गर्ने आफ्नो प्राथमिकता हुने राठौरले बताए।

आफू सभापति भए कांग्रेसलाई मर्यादित र अनुशासित पार्टी बनाउने तथा कांग्रेसका कार्यकर्तालाई पनि मर्यादित बनाउने उनको प्रतिबद्धता थियो।

‘समाज अराजक भएको छ, सामाजिक परिवेश अराजक भएको छ र नेपाली कांग्रेस पनि अराजकतातर्फ गएको छ,’ उनले भने, ‘म सभापति भए कांग्रेसलाई मर्यादित बनाउँछु, कांग्रेसका कार्यकर्तालाई मर्यादित बनाउँछु र मर्यादित कांग्रेस निर्माण गर्छु।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।