ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

रास्वपाको ‘हामी आउँदैछौं’ अभियान : प्रवक्ता खरेलको टोली धादिङमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ।

धादिङबेसीमा अभियानको सुरुवात गर्दै रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र नागरिकबीच नियमित संवाद आवश्यक रहेको बताए। निर्वाचनको समयमा मात्रै मतदाताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा बाहिर निस्केर जनताका दैनिक समस्या बुझ्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

खरेलले राज्यको केन्द्रीय संरचना र नागरिकको दैनिक जीवनबीच देखिएको दूरी कम गर्न जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक रहेको बताए। नागरिकका गुनासा, सुझाव, आवश्यकता तथा अपेक्षा घरदैलोमै पुगेर संकलन गरिने उनले जानकारी दिए।

विज्ञापन

अभियानका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग समेत छलफल गरिनेछ। स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन प्रयोग गरिने खरेलले बताए।

उनले प्रतिनिधिसभा सदस्यको दायित्व निर्वाचन क्षेत्रभित्र मात्र सीमित नरहेको उल्लेख गर्दै देशभरका नागरिकसँग सम्बन्धित विषय संसद्मा उठाउनुपर्ने धारणा राखे।

धादिङ आउने क्रममा बाढीका कारण क्षति पुगेका सडक तथा पुलको अवस्थाबारे अवलोकन गरेको जानकारी दिँदै खरेलले प्रभावित पूर्वाधारको पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताए। भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले पीडित परिवारप्रति समवेदना पनि प्रकट गरे।

अभियानमा खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा. राम लामा तथा केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन्।

रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तहका बस्ती तथा टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछ। भेटघाटबाट प्राप्त स्थानीय समस्या, सुझाव र अपेक्षालाई संकलन गरी पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याइने उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।