विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको बताएका छन्।
आज आफ्नो सामाजिक सञ्जालमा भिडियो राख्दै पुनले उक्त जानकारी दिएका हुन्। उनले बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको बताएका छन्।
उनले चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो सार्वजनिक गर्दै उक्त व्यक्तिलाई चिन्नेले ९८४१५९२३६१ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्।

घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको पनि पुनले जानकारी दिएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।