राजनीति

रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ

जेनजी अभियन्ता रक्षा बमले रास्वपाले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको बताएकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सरकारको सुशासनमाथि प्रश्न उठाउँदै यस्तो बताएकी हुन्।

उनले रास्वपा सभापति रवि लामिछानेलाई सुशासनको नारा नलगाउन सुझाव दिएकी छिन्।

विज्ञापन

‘रवि लामिछाने जी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ’, उनले भनेकी छिन्।

यस्तै, उनले कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।