ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

मुकुल ढकाल भन्छन् : जेनजी आन्दोलनको शक्ति आज सत्तामा छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री तथा नेता मुकुल ढकालले जेनजी आन्दोलनमा सहभागी भएर सडकमा उत्रिएको शक्ति अहिले सत्तामा नरहेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले तत्कालीन सरकार र स्थापित शक्तिलाई प्रश्न गर्दै सुधारका लागि दबाब दिएको बताए।

‘जेनजी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्‍यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो,’ उनले भने।

विज्ञापन

जेनजी आन्दोलनको प्रारम्भिक उद्देश्य स्थापित शक्तिलाई झकझकाउने र सुधारका लागि दबाब दिने भएपनि आन्दोलन अघि बढ्दै जाँदा पुराना राजनीतिक शक्तिलाई विस्थापित गर्ने अवस्थासम्म पुगेको उनले बताए।

साथै ढकालले अहिलेको सरकारमा अनुभवको कमी देखिएको बताए । उनले रास्वपामा रहेका आफ्ना साथीहरू तथा वर्तमान सरकारलाई अचानक आएको जिम्मेवारीका कारण अनुभवको अभाव देखिएको बताए।

‘अनुभवको कमी भए पनि चुनावपछि विशाल जनमतले त्यसलाई सदर गरिसकेको छ। जनता जनार्दन भएका कारण राजनीतिक व्यक्तिका रूपमा हामीले त्यसलाई अवमूल्यन गर्न मिल्दैन,’ ढकालले भने।

उनले गत फागुन २१ को निर्वाचनमा जनताले ‘अब देश बन्छ र देश बनाउनुपर्छ’ भन्ने अपेक्षाका साथ मतदान गरेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।