ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ) अमेरिका प्रमुख कार्यकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता भएको छ।

भेटमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ।

मन्त्री चौधरीले विपद्को समयमा डब्लुडब्लएफले गरेको सहयोगका लागि धन्यवाद दिँदै बाढीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे धारणा राखिन्। उनले पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताइन्।

विज्ञापन

छलफलमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको विषयमा विशेष ध्यान दिइएको थियो। बाघको सङ्ख्या वृद्धि भएसँगै मानव–बाघ द्वन्द्व तथा जङ्गली हात्तीको समस्या र पछिल्लो समय करिब ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।

बाँदर व्यवस्थापनका लागि वन्ध्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।

डब्लुडब्लएफ अमेरिका प्रमुख कार्यकारी अधिकृत मेयरले विपद्को यस कठिन समयमा सरकारसँग डब्लुडब्लएफको निरन्तर सहकार्य रहने बताए। उनले पुनर्निर्माणलाई विगतको भन्दा दिगो, प्रकृतिमा आधारित र जलवायु उत्थानशील ढाँचामा अघि बढाउनुपर्नेमा जोड दिए।

नेपालका आवश्यकताअनुसार अन्तर्राष्ट्रिय प्रविधि, ज्ञान र स्रोत परिचालनमा डब्लुडब्लएफले सहयोग गर्ने प्रतिबद्धता पनि मेयरले व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।