समाज

मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

प्रशासनका अनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यो सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहनेछ। विगतमा केही समय सञ्चालन भएर स्थगित भएको नारायणगढ-मुग्लिङ सडक आयोजनाअन्तर्गत तुइनखोला खण्डको पहिरो रोकथाम कार्य पुनः अघि बढाउँदा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी सडक बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले जनाए।

नारायणगढ-मुग्लिङ खण्ड बन्द रहे पनि काठमाडौंबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा चल्ने सवारीसाधनको आवागमन भने नियमित रूपमा सुचारु रहनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।