सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने समय छोट्याउने गरी प्रस्ताव तयार गरेको छ। रसुवा बाढीमा हजारौंको संख्यामा मानिसहरु बेपत्ता भएको र उनीहरुका परिवारलाई राहत उपलब्ध गराउन पुरानो प्रावधान बाधक बनेपछि सरकारले ऐन नै संशोधन गर्ने गरी नयाँ प्रस्ताव तयार गरेको हो।
लामो समयदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने हालको १२ वर्षे समयसीमा घटाएर सरकारले अब ४५ दिनमा झार्ने तयारी गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार हाल कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता रहेपछि मात्रै कानुनी रूपमा मृत घोषणा गर्न सकिने व्यवस्था छ। नयाँ व्यवस्थाअनुसार भने विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई करिब ४५ दिनपछि नै मृत घोषणा गर्न सकिने प्रावधान राखिनेछ।
विपद्का घटनापछि लामो समयसम्म बेपत्ता व्यक्तिको परिवारले भोग्नुपर्ने कानुनी तथा प्रशासनिक जटिलता हटाउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।