बाँकेमा भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण कार्य सुरु गरिएको छ।
पहिलो चरणमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बाट पुर्जा वितरणको काम सुरु गरिएको हो।
राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा भूमि समस्या समाधान समिति बाँकेले बुधबार राप्ती सोनारी ४ का १० जना भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो।

सो क्रममा प्रतिनिधि सभाका सांसद सुरेश चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङ, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता तथा राप्ती सोनारी ४ का वडाध्यक्ष मिनराज खड्का लगायतले जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले वर्तमान सरकारले भूमि सम्बन्धी समस्यालाई समाधान गर्नका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अगाडी बढाएको बताए।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन आफ्नै कर्मचारीहरू नियुक्त गरेर आयोगलाई सहयोग गर्दै आएको बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।