समाज

बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। एक बालक भने बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार टुमेडा गाउँबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ गइरहेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि सडकबाट करिब ९०० फिट तल भिरमा खसेको थियो।

दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी करिब ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनापछि एक बालक बेपत्ता रहेका छन्।

विज्ञापन

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। तर अटो चालक तथा अन्य यात्रुका सम्बन्धमा थप विवरण प्राप्त हुन सकेको छैन।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको बताइएको छ।

बेपत्ता बालकको खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट समेत प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा थप प्रहरी टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी टेक जोराका अनुसार अहिले बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।