खेलकुद

फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान

जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन फ्रान्सेली फुटबल महासङ्घका अध्यक्ष फिलिप डायलोले पनि उम्मेदवारी दिएपछि ताशिमाले प्रतिस्पर्धा जारी राख्ने बताए।

डायलोले इन्फान्टिनोलाई पराजित गर्न साझा रणनीतिका लागि सहकार्यको प्रस्ताव गरेका छन्।

विज्ञापन

ताशिमाले डायलोलाई प्रतिद्वन्द्वीका रूपमा नहेरेको र उनीसँग निकट सहकार्य गर्न चाहेको बताए। तर, तत्काल उम्मेदवारी फिर्ता लिने सोच नरहेको उनको भनाइ छ।

फिफामा पारदर्शिता र संस्थागत अखण्डता कायम गरी विश्वास पुनःस्थापित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको ताशिमाले बताए।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको प्रतिबन्ध हटाइएको घटनाले फिफामा सुधार आवश्यक रहेको उनको निष्कर्ष छ।

इन्फान्टिनोले सन् २०१६ देखि फिफाको नेतृत्व सम्हाल्दै आएका छ र चौथो कार्यकालका लागि समर्थन जुटाइरहेका छन्। ताशिमाले भने अध्यक्ष बन्ने व्यक्तिगत आकांक्षाभन्दा संस्थागत सुधारलाई प्राथमिकता दिएको बताए।

सन् २०१६ देखि २०२४ सम्म जापान फुटबल सङ्घको अध्यक्ष रहेका ६९ वर्षीय ताशिमा अहिले मानार्थ अध्यक्ष हुन्। उनले फिफाको नेतृत्वमा खेलाडी, रेफ्री र टोलीहरूलाई बढी महत्त्व दिँदै संस्थाको संरचना परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।