राजनीति

फाप्लाको टेन्डर प्रक्रिया अघि बढिसकेको छ : मन्त्री पोखरेल

खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो।

छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड लेभलिङ) सहितको आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा हस्तान्तरण गर्ने वा निजी क्षेत्रलाई नै जग्गा लिजमा दिएर पूर्ण निर्माणको जिम्मा दिने विकल्पबारे कुराकानी भएको थियो।

विज्ञापन

छलफलको क्रममा मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए।

‘हामीले सीमित बजेटबाटै भए पनि मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरिदिएर सरोकारवाला पक्षलाई लिजमा दिन सक्छौँ, जसले गर्दा उहाँहरूलाई स्तरोन्नति गर्न सहज हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘फाप्लाको पनि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। अब यही हप्ताभित्र एनपीएलका सम्बन्धित टिमका सञ्चालकहरूसँग बसेर आधारभूत आवश्यकता बुझ्दै लिज सम्झौताको प्रक्रिया अघि बढाउँछौँ।’

यसैगरी, एनपीएल छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक र प्राविधिक पक्षबारे समेत बैठकमा समीक्षा गरिएको छ।

फुटबलको तुलनामा क्रिकेटमा प्रविधि (रिभ्यु प्रणालीलगायत) महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि जडान गर्न चुनौतीपूर्ण रहे पनि ठूला सहरहरूबाट क्रमशः विस्तार गर्दै लैजान सकिने निष्कर्ष निकालिएको छ।

उक्त रंगशाला तथा मैदानहरू ठूला प्रतियोगिताका लागि मात्र नभई दैनिक अभ्यास, एकेडेमी सञ्चालन, स्थानीय लिग र ग्रासरुट तहका खेलकुद गतिविधि विस्तारका लागि समेत महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।