नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली महत्वपूर्ण जितको खोजीमा मैदान उत्रनेछन्।
सुदूरपश्चिमले यस सिजनमा अहिलेसम्म पाँच खेल खेल्दै तीनमा जित र दुईमा हार व्यहोरेको छ। ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिमका लागि आजको जितले प्लेअफ यात्रा थप सहज बनाउनेछ।

यता, जनकपुर बोल्ट्स भने दबाबका बीच मैदान उत्रँदैछ। पाँच खेलमध्ये दुईमा जित र तीनमा हार व्यहोरेको जनकपुर ४ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ।
त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण बनेको छ। सुदूरपश्चिम प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ भने जनकपुर प्रतियोगिताको दौडमा आफूलाई मजबुत बनाउने उद्देश्यका साथ मैदानमा उत्रनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।