राजनीति

प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई ख्याल गर्न सुझाव दिएका छन्।

उनले महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल र राष्ट्रपतिसँग संवाद गर्नुपर्ने भए पनि त्यसो नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

आचार्यले सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुसार स्पष्ट तथा जिम्मेवार प्रस्तुति दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

विज्ञापन

उनले भनेका छन्, ‘नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला।’

आचार्यले घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भाषण र प्रचारमा मात्र सीमित हुन नहुने बताएका छन्।

‘घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता केवल भाषण र प्रचारका विषय नबनून्,’ उनले भने।

प्रधानमन्त्रीको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाउन र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गर्नुपर्ने उनको भनाइ छ।

‘यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्,’ सामाजिक सञ्जालमार्फत उनले भने।

उनले भ्रमणबाट फर्किएपछि उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। ‘फर्किएपछि भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउनुहुने अपेक्षासहित सफल र फलदायी यात्राको शुभकामना!’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।