प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता सस्मित पोखरेलले बचाउ गरेका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीबाट कुनै तुच्छ टिप्पणी नभएको दाबी गरेका हुन्।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले गएराति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिप्रति लक्षित गर्दै ‘देशको प्रधानमन्त्रीले तुच्छ टिप्पणी गर्न मिल्छ ?’ भनी प्रश्न गरेका थिए।

जवाफमा प्रवक्ता पोखरेलले भने, ‘त्यस्तो तुच्छ टिप्पणी भएको छैन। त्यो त उहाँले महानगरपालिकामा छँदा बनाएको विषय थियो, त्यसैका बारेमा कुरा गर्नुभएको हो।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।