खेलकुद

पाकिस्तान ‘ए’ विरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै रसिदले दिलाए विकेट

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको पाकिस्तान ‘ए’ ले पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ।

नेपालका लागि रसिद खानले सुरुवाती सफलता दिलाएका हुन्। खानले खेलको पहिलो ओभरको पाँचौं बलमा पाकिस्तानका ओपनर श्यामल हुसेनलाई ६ रनको व्यक्तिगत स्कोरमा मायन यादवको हातबाट क्याच आउट गराए।

आउट हुनुअघि हुसेनले ५ बल खेल्दै १ छक्का प्रहार गरेका थिए।

विज्ञापन

ताजा अवस्थामा पाकिस्तान ‘ए’ ले १.२ ओभरको समाप्तिमा १ विकेट गुमाएर १० रन बनाएको छ। अहिले क्रिजमा माज सदाकत र हैदर अली ब्याटिङ गरिरहेका छन्। सदाकतले २ बलमा १ चौकासहित ४ रन बनाएका छन् भने अलीले खाता खोल्न बाँकी छ।

नेपालका तर्फबाट बलिङमा रसिद खानले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिएका छन्। यस्तै, नितेश यादवले आफ्नो ओभरको सुरुवात गर्दै २ बलमा ४ रन दिएका छन्।

समूह ‘बी’ अन्तर्गतको यो म्याच ५० ओभरको फम्र्याटमा भइरहेको छ। यसअघि पाकिस्तान ‘ए’ का कप्तान अब्दुल समदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।