राजनीति

नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै थापाले नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको उल्लेख गरेका छन् ।

उनले लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन् ।

विज्ञापन

थापाले आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस् भन्ने कामना गर्दै म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भनेका छन् ।

सांस्कृतिक विविधता र एकताको भावनालाई बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा थप प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।