नेपालमा ७० प्रतिशत मानिसले घरसम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ।
यो दर विश्वका २२ देशको औसत ३४ प्रतिशतभन्दा दोब्बरभन्दा बढी भएको एक तथ्यांकले देखाएको छ। त्यस्तै, ७० प्रतिशतले कुनै अप्रत्याशित समस्या आएमा आफ्नो घर गुमाउनुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट?’ नामक नयाँ अनुसन्धानमा यस्तो तथ्य सार्वजनिक भएको हो। अनुसन्धानमा २२ देशका ३० हजार ७५८ जनालाई समेटिएको छ। नेपालबाट भने एक हजार ४०० जनाको सहभागिता थियो।

नेपालमा गरिएको सर्वेक्षणअनुसार ७२ प्रतिशतले चरम मौसमका कारण आफू बस्ने ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन्। विश्वव्यापी रूपमा यस्तो धारणा राख्नेको दर ३० प्रतिशत छ।
त्यस्तै, ७० प्रतिशतले कुनै अप्रत्याशित समस्या आएमा आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
घरसम्बन्धी आर्थिक दबाबका कारण २८ प्रतिशतले उपचार गराउन ढिलाइ गरेको वा उपचार नै नगरेको बताएका छन्। विश्वव्यापी रूपमा यस्तो दर १३ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।