सुनसरीको इनरुवा नगरपालिका ३ सखुवागाछीबाट प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गए राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम राजमार्गतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं को ट्रक जाँच गर्ने क्रममा बन्दाकोबीले छोपेको अवस्थामा ८३ वटा प्लास्टिकका बोरामा दुई हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद भएको हो।
प्रहरीले सो ट्रकसहित गाँजा ओसारपसारमा संलग्न चालक धनकुटा सहिदभूमि गाँउपालिका २ का राजु राई र सहचालक सन्दीप राईलाई नियन्त्रणमा लिएको छ।

अहिले बरामद गरिएको गाँजासहित पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता थापाले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।