ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

दसैँअघि नै उखु किसानलाई अनुदान दिन निर्देशन

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन्।

मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोली (एसएमटी) को बैठकमा उनले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।

उखु उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान वितरणसम्बन्धी कार्यविधि २०८३ स्वीकृत भइसकेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान निकासा भएको छ।

विज्ञापन

किसानले समयमै अनुदान पाउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।