नेप्से परिसूचकमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। पछिल्ला तीन कारोबार दिन बढेको नेप्से बिहीबार १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.२७ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक घटेको छ।
नेप्सेसँगै बुधबारको तुलनामा बिहीबार कारोबार रकममा पनि ६६ करोडले कमी आएको छ। बिहीबार ३५५ स्टकको ४९ हजार ८०६ पटकको कारोबारमा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ४७ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो बुधबार ६ अर्ब १४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन उर्जा विकास कम्पनीको २४ करोड ५१ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो। पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड र एनआईसी एशिया बैंकको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।

बिहीबार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.८८ प्रतिशत र लक्ष्मी उन्नती कोषको ४ प्रतिशतले बढेको छ।
१३ उपसमूहमध्ये बिहीबार १२ उपसमूहको परिसूचक घटेको छ भने लगानी उपसमूहको परिसूचकमात्र सामान्य अंकले बढेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।