स्वास्थ्य

ताप्लेजुङमा सञ्चालित आँखा स्वास्थ्य शिविरमा साढे ११ सयको परीक्षण

ताप्लेजुङमा सञ्चालित शल्यक्रियासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा १ हजार १७१ जनाको आँखाको परीक्षण गरिएको छ। नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मुख्य आयोजक भई सञ्चालित शिविरमा १ हजार १५१ जनाले आँखाको परीक्षण गराएका छन्।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार सोमबार ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। आइतबार ८० जना र शनिबार ६१ जनाको आँखाको शल्यक्रिया गरिएको थियो।

शिविरमार्फत ५ सय ८९ जना पुरुष र ५ सय ६२ जना महिलाले आँखाको परीक्षण गराउँदा १ सय ७७ जनाको आँखाको शल्यक्रिया गर्नुपरेको छ। शल्यक्रिया गरिएकामध्ये १ सय ७६ जनाको मोतियाबिन्दु र एक जनाको साधारण शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ।

विज्ञापन

तिलगंगा आँखा अस्पतालका निर्देशक तथा विश्वविख्यात नेत्ररोग विशेषज्ञ प्रा. डा. सन्दुक रुइत, उनका छोरा डाक्टर सागर र अमेरिकी नेत्ररोग विशेषज्ञ डाक्टर जेफले आँखाको शल्यक्रिया गरेका थिए।

सोमबार आँखाको शल्यक्रिया गरिएका बिरामीको मंगलबार पट्टी खोल्ने कार्य पूरा भएसँगै शनिबारदेखि सञ्चालित शिविर सकिने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए।

चारदिने शिविर नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा प्रतिष्ठान, रुइत फाउन्डेसन, फुङलिङ नगरपालिका र लाइन्स क्लब अफ काठमाडौं, हाम्रो रूपान्तरणको सहकार्य र समन्वयमा सञ्चालन भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।