तीजको अवसरमा राजधानीका मन्दिर परिसर र टोलटोल रातो रंगमा रंगिए। बिहानैदेखि रातो साडी, पोते र चुराले सजिएका महिलाहरू मन्दिर दर्शनका लागि लाइनमा उभिएका थिए।
मन्दिर वरपर र सामुदायिक भवनहरूमा तीजे गीत र नाचको रौनक दिनभरि रह्यो। केही समूहले परम्परागत भाकासँगै सामाजिक विषयमा आधारित नयाँ गीत पनि प्रस्तुत गरे। मेहन्दी लगाउने स्टलहरूमा पनि उत्तिकै भीड देखियो।
यस फोटो फिचरमा हामीले उत्सवका केही रंगीन क्षण समेटेका छौं, जसले परम्परा र आधुनिकताको मिश्रण झल्काउँछ।









प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।