समाज

जुवातास खेलिरहेका १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो।

मोरङ, बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८२५ रूपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।