समाज

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृ'त्यु

उदयपुरमा हात्तीको आक्रमणमा एक वृद्धको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो ३ बजे बेलका नगरपालिका–६ सुकुम्वामा जंगली हात्तीको आक्रमणबाट सोही ठाउँका ७३ वर्षीय रणध्वज राईको निधन भएको हो।

नजिकै बजारको पसलबाट सामान किनेर घर फर्किने क्रममा हात्तीको आक्रमणबाट राईको घट्नास्थलमै निधन भएको हो।

विज्ञापन

घटनाबारे जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी र सवडिभिजन वन कार्यालय लालबजारको संयुक्त टोली खट्दा उनको मृत्यु भइसकेको जनाइएको छ।

मृतकको शव आवश्यक कानूनी प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।