राजनीति

चुनावमा पार्टीलाई कमजोर बनाउनेलाई कसरी नेता मान्नु : राप्रपा नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले निर्वाचनमा पराजित हुने र पार्टीलाई कमजोर बनाउने नेतृत्वलाई प्रश्न नगरी नेता मानेर हिँडिरहँदा जनताको विश्वास प्राप्त गर्न नसकिने बताएका छन्।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीलाई स्पष्ट नीति, सिद्धान्त र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने धारणा राखे।

उनले आफू कुनै गुट वा उपगुटमा नरहेको उल्लेख गर्दै आफ्नो एउटै गुट राप्रपा भएको बताए। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

विज्ञापन

एमाले, कांग्रेस तथा सत्तासँग अवसरअनुसार गठबन्धन गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले यस्तो राजनीतिक व्यवहारले जनतामाझ पार्टीको विश्वसनीयता कमजोर बनाउने बताए।

शाहीले आफू दुई पटक निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर विजयी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि एक्लै लड्न तयार रहेको बताए।

उनले राप्रपाको प्रदेश संरचना खारेजीको एजेन्डा भएकाले प्रदेशसभा निर्वाचनमा सहभागी हुने विषयमा पार्टीले स्पष्ट निर्णय गर्नुपर्ने बताए।

आगामी महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी २०८७ सालको निर्वाचनको तयारीका रूपमा लिनुपर्ने उनको भनाइ थियो। महाधिवेशनबाटै पार्टीको राजनीतिक दिशा, नेतृत्वको कार्यशैली र चुनावी रणनीति स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।