समाज

घरबाटै श्रीमान्-श्रीमती पक्राउ, यस्तो छ कारण

मोरङको पथरीशनिश्चरेबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका-४ शनिश्चरे बजारबाट लागुऔषध ब्राउन सुगर र क्याप्सुलसहित एक दम्पती पक्राउ परेका हुन्।

स्थानीय २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई ब्राउनसुगर र क्याप्सुलसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार लागुऔषध सेवन तथा बिक्रीवितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कैलाशको घरमा खानतलासी गर्दा खाटमुनि झोलामा लुकाएर राखेको प्लास्टिकबाहेक ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र १२ हजार ९२५ नेपाली रुपैयाँ नगद र एनआईटीजेडएएससीईएनटी-१० लेखिएको १३ पत्तामा रहेका १२८ क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ।

विज्ञापन

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।