राजनीति

गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान

गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्। उनी विराटनगर हुँदै इटहरी पुग्न लागेका हुन्।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्।

परिषद्को १५औँ केन्द्रीय पार्षदसभा भोलि मंसिर १२ गते सुनसरीको इटहरीमा आयोजना हुँदैछ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो।

विज्ञापन

सभामा गुरुङ समुदायको सांस्कृतिक पहिचानको संरक्षण, भाषा तथा परम्पराको निरन्तरता र समुदायका साझा सवालबारे छलफल हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।