ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

क्रिकेटः आफैले लक्ष्य निर्धारण गरेको खेलमा ओमान ‘ए’ विरूद्ध नेपाल विजयी

आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै २४० रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ गरेको थियो । त्यसपछि २४० रनको लक्ष्य नेपालले ४८ दशमलव २ ओभरमा ८ विकेट गुमाउदै पूरा गर्‍यो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रनको योगदान दिए । त्यसैगरी आसिफ शेखले ३७, देव खनालले ३४ तथा गुल्शनकुमार झाले ३० रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।

विज्ञापन

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ‘ए’ले ३९.५ ओभरमा सवै विकेट गुमाउँदै १६० रन बनाएको थियो । ओमान ‘ए’का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नन्दन यादवले तीन तथा करण केसी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । त्यस्तै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले एक एक विकेट लिए । ओमानमा नेपाल, ओमान र क्यानडा सम्मिलित तीन राष्ट्रले यसै साता आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्दैछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।