ब्रेकिङ न्युज
विज्ञापन
समाज

काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु

जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णबिन्दु (स्वर्णप्राशन) खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ।

गत भदौदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हरेक महिनाको पुख्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु खुवाइँदै आएको छ। यस पटक अनलाइनमार्फत ३४४ जना बालबालिका दर्ता भएकामा ३०८ जनालाई स्वर्णबिन्दु खुवाइएको चिकित्सालयले जनाएको छ।

स्वर्णबिन्दु खुवाइएका बालबालिकामध्ये १२७ जना बालिका र १८१ जना बालक छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चिकित्सालयले जनाएको छ।

विज्ञापन

आयुर्वेद शास्त्रअनुसार प्राचीन कालदेखि नै पुख्य नक्षत्रको शुभ अवसरमा सुन र विभिन्न उपयोगी जडीबुटीको मिश्रणबाट तयार पारिएको स्वर्णबिन्दु सही मात्रामा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने चिकित्सालयका प्रमुख डा अर्जुन उपाध्यायले बताए।

उनका अनुसार हाल देशका ६० भन्दा बढी जिल्लामा स्वर्णप्रासन कार्यक्रम सञ्चालन हुँदै आएको छ। तोकिएको समयमा उपस्थित भई आफ्ना बालबालिकालाई स्वर्णबिन्दु खुवाएर कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अभिभावकप्रति चिकित्सालयले आभार व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।