समाज

काठमाडौंको मैपीमा प्रहरीको छापा, २४ जना पक्राउ

काठमाडौंको मैपीस्थित एक घरमा प्रहरीले छापा मारेर २४ जनालाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट नौ लाख ६० हजार ५०० रुपैयाँ नेपाली नगदसहित अमेरिकी डलर र भारतीय रुपैयाँसमेत बरामद भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति ९:३० बजे प्रहरी टोलीले मैपीस्थित एक घरमा छापा मारेको थियो। त्यसक्रममा २४ जना हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा फेला परेका थिए।

विज्ञापन

प्रहरीले घटनास्थलबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल छन्।

प्रहरीले पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।