ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा एक दिन लम्बिएपछि काठमाडौंमा थप एक दिन बस्नुपर्ने प्रतिनिधिहरूको आवास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरिएको हो।

विज्ञापन

कांग्रेसले प्रतिनिधिहरूको आवास र भोजन व्यवस्थापनका लागि छुट्टै व्यवस्था गरेको जनाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार सूचना जारी गर्दै एक दिन महाधिवेशन सरेका कारण मर्कामा परेका प्रतिनिधिहरूको आवश्यक व्यवस्थापन गरिने जानकारी दिएका छन्।

आवास आवश्यक पर्ने प्रतिनिधिहरूले आफ्नो क्षेत्रीय सभापतिमार्फत बिहीबार साँझ वा शुक्रबार बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि आवश्यकताअनुसार आवासको व्यवस्था गरिनेछ।

त्यस्तै, बिहीबार साँझसम्म पूर्वनिर्धारित तालिकाअनुसार भोजनको व्यवस्था यथावत् रहने र थपिएको समयका लागि पनि भृकुटीमण्डपस्थित साविककै स्थानमा खानाको व्यवस्था गरिने कांग्रेसले जनाएको छ।

निर्वाचन समितिले शुक्रबार असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यतालिका परिमार्जन गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।