ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूचीमा सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।

विज्ञापन

खुला उपसभापतिमा डा चन्द्रकान्त भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवबीच प्रतिस्पर्धा हुने भएको छ।

समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उम्मेदवारी दिएका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा सुनील शर्मा र डा सन्तोष उपाध्याय उम्मेदवार छन्। महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्री महिला पदमा नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धामा छन्।

खुला सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना उम्मेदवार छन्।

आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन्।

दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार प्रतिस्पर्धामा छन्।

मधेसी सहमहामन्त्रीमा अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह उम्मेदवार छन्।

खसआर्यतर्फ जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतबीच प्रतिस्पर्धा हुनेछ।

थारू सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार छन्। मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा मो फिरदौश आलमले उम्मेदवारी दिएका छन्।

पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर प्रतिस्पर्धामा छन्।

अल्पसंख्यक वा अपाङ्गता समूहको सहमहामन्त्रीमा आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार बनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।