नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नीति तथा कार्यक्रम तय गर्ने मुख्य मानिएको बन्दसत्र सुरु भएको छ।
बन्दसत्रमा शीर्ष नेताहरूका चार महत्त्वपूर्ण प्रतिवेदन पारित गरेसँगै महाधिवेशन नेतृत्व चयनको चुनावी प्रक्रियामा प्रवेश गर्नेछ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनहरू पेश गरी छलफलपछि पारित गर्ने कार्यसूची छ।

प्रतिवेदनहरू अनुमोदन भएसँगै महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया मात्र बाँकी रहनेछ।
निर्वाचन कार्यतालिका अनुसार नयाँ कार्यसमिति चयनका लागि आगामी असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।
यस महाधिवेशनबाट कांग्रेसको कुल २४ सदस्यीय पदाधिकारी संरचना तयार हुनेछ। जसमा १ सभापति, १ वरिष्ठ उपसभापतिसहित ४ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्ष रहने व्यवस्था छ।
कुल २४ पदाधिकारीमध्ये ४ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष निर्वाचित सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ।
यस अनुसार महाधिवेशनबाट प्रत्यक्ष मतदानमार्फत १९ जना पदाधिकारी निर्वाचित हुनेछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।