ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस उपसभापति पदमा हालसम्म ६ जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको उपसभापति पदका लागि दिउँसो ३ बजेसम्म ६ जना नेताको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार विनोदकुमार चौधरी, फरमुल्लाह मंसुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार र प्राडा. चन्द्रमोहन यादवले मनोनयन दर्ता गराएका हुन्।

कांग्रेसको संशोधित विधानअनुसार एक महिलासहित ३ जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। यस पटक विधानमा वरिष्ठ उपसभापति पद पनि थपिएको छ।

विज्ञापन

मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म तोकिएकाले उम्मेदवारको संख्या अझै बढ्ने निर्वाचन समितिले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।