राजनीति

कांग्रेसले भन्यो- देउवा पक्षले रुख र झण्डाको दुरुपयोग गरे

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षले अधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगबाट पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्ने प्रक्रिया पूरा भइसकेकाले झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगको ध्यानाकर्षण गराउँदै औपचारिक पत्र पठाउने निर्णय गरेको हो।

कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताए।

विज्ञापन

‘झण्डा दुरुपयोग भएको नोटिस भएको छ। हामीले वैधानिक प्रक्रियाले रोकेका थियौं। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ,’ उनले भने, ‘अब दुरुपयोग नगर्न सचेत गराउँछौं।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।