नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाएर २४ पुर्याउने निर्णय गरेको छ।
काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन स्थलमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो। यसअघि कांग्रेसमा १७ जना पदाधिकारी रहने व्यवस्था थियो।
नयाँ व्यवस्थाअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, तीन उपसभापति, तीन महामन्त्री, १४ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्।

कांग्रेसमा कोषाध्यक्ष र तीन जना सहमहामन्त्री मनोनित हुने व्यवस्था गरिएको छ।
केन्द्रीय कार्यसमितिले गरेको यो निर्णय महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
यसैबीच, कांग्रेसले मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ। महाधिवेशनमा नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता हुने भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।