राजनीति

ओली र बालेनबीच भविष्यमा गठबन्धन हुन सक्छ : प्रमुख अर्याल

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन शाहबीच भविष्यमा गठबन्धन हुन सक्ने टिप्पणी गरेका छन्।

उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै एमालेभित्रका अतिओली समर्थकहरू कुनै न कुनै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्ने बताएका छन्। हालै सार्वजनिक भएको रास्वपा सांसदहरूको अडियो लिकले आफ्नो भनाइ प्रमाणित गरेको उनको दाबी छ।

सार्वजनिक अडियोअनुसार रास्वपाका नेताहरू एमालेमा ओली बलियो र आक्रामक भएको देख्न चाहने गरेको उनले उल्लेख गरेका छन्। त्यस्तै, चुनावपछि ओलीविरोधी बनेका विष्णु पौडेलको सुर्खेतमा भएको गिरफ्तारी र नाटकीय रिहाइ, त्यसपछि उनको अभिव्यक्ति बन्द हुनु र अचानक ओलीको समर्थनमा उभिनु संयोग मात्र नभएको उनको टिप्पणी छ।

विज्ञापन

एमालेमा ओलीलाई बलियो बनाउन रास्वपा सबै गतिविधि गर्न तयार रहेको तथ्य अडियो र विष्णु पौडेलको राजनीतिक ‘युटर्न’ बाट स्पष्ट हुने उनको दाबी छ। ओलीको चर्को अभिव्यक्ति र गर्जन पनि त्यसै उत्पन्न नभएको उनले उल्लेख गरेका छन्।

उनले सबै खाले दक्षिणपन्थीहरू कुनै न कुनै दिन एउटै ठाउँमा उभिने दाबी गर्दै अहिले कम्युनिष्ट पार्टीमा भए पनि वा बुर्जुवा पार्टीमा भए पनि उनीहरूको राजनीतिक गन्तव्य एउटै हुन सक्ने बताएका छन्। इतिहासमा कम्युनिष्ट पार्टीका महासचिव केशरजंग अचानक राजा महेन्द्रको पक्षमा उभिएको उदाहरण दिँदै उनले भविष्यमा बालेन र ओली एउटै ठाउँमा उभिए आश्चर्य मान्नुपर्ने अवस्था नआउने बताएका छन्।

‘पुँजीवादले ओलीलाई त्यतिखेरसम्म कम्युनिष्ट बनाइरहन्छ, जतिखेरसम्म नेपालमा कम्युनिष्टहरू सकिँदैनन्,’ उनले लेखेका छन्।

नेपालमा कम्युनिष्ट शक्ति कमजोर भएपछि ‘बदलिँदो परिस्थितिमा बदलिँदो निर्णय’ वा ‘वस्तुगत अवस्थामा फेरबदल’ भन्दै ओली–बालेन गठबन्धन बन्न सक्ने उनको विश्लेषण छ। विगतमा राजेन्द्र लिङ्देन, कमल थापा र केपी ओलीबीच गठबन्धन बनेको उदाहरण पनि उनले दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।