नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्चर्सले पहिला ब्याटिङ सुरु गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गरेको हो।
यो खेलले सिधैं क्वालिफायर खेल्ने दोस्रो टोलीको टुंगो लगाउनेछ। ११ अंकमा शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले यसअघि नै पहिलो क्पालिफायरमा स्थान बनाइसकेको छ भने सुदूरपश्चिम रोएल्स र काठमाडौंमध्ये एक टिमले लुम्बिनीसँग सिधैं फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

पोखराविरुद्ध जित निकाल्न सके काठमाडौं पहिलो क्पालिफायरका लागि छनोट हुनेछ। पराजित भए काठमाडौं र चितवन राइनोजबीच इलिमिनेटर राउन्डमा खेल हुनेछ। सुदूरपश्चिमले लुम्बिनीसँग खेल्नेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।