विज्ञापन
खेलकुद

एनपिएलमा डेभिड वार्नरको अर्धशतक, काठमाण्डू बलियो स्थितिमा

काठमाण्डू गोर्खाजका ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट अर्धशतकीय पारी खेलेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अस्ट्रेलियाका पूर्वकप्तान वार्नरले एनपिएल करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन्।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूका लागि वार्नरले मात्र ३४ बलमा ५० रन बनाए। आक्रामक ब्याटिङ गरेका उनले यस क्रममा ८ चौका र १ छक्का प्रहार गरे। खेल जारी रहँदा उनी ४४ बलमा ९ चौका र १ छक्कासहित ६४ रन बनाएर क्रिजमा छन्।

विज्ञापन

वार्नरलाई अर्का ओपनर साहिल पटेलले उत्कृष्ट साथ दिइरहेका छन्। पटेल ३५ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाएर खेलिरहेका छन्।

यी दुईबीच पहिलो विकेटका लागि अविजित शतकीय साझेदारी भइसकेको छ। १३.१ ओभरको खेल सकिँदा काठमाण्डूले कुनै पनि विकेट नगुमाई १०४ रन जोडेर विशाल योगफलतर्फ अग्रसर भएको छ।

यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान, ग्रान्ट स्टुवार्ट, तिलक भण्डारी, डार्सी सर्ट र शेर मल्ललगायतका बलरहरूले विकेट लिन सकेका छैनन्।

आजको खेलमा जित हात पार्दै दुवै टोली प्लेअफको सम्भावना बलियो बनाउने रणनीतिमा छन्। हाल तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले ४ खेलबाट ७ अङ्क जोडेको छ।

लुम्बिनीले ३ खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

उता ४ अङ्कसहित तालिकाको चौथो स्थानमा रहेको काठमाण्डूले यसअघिका ३ खेलमध्ये २ मा जित र एकमा हार व्यहोरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।