फ्राइडे रिलिजअन्तर्गत गत असोज ९ गते एकसात तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, ‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ। यी फिल्मको चलचित्र विकास बोर्डले बक्स अफिस कलेक्शन सार्वजनिक गरेको छ।
अभिनेता तथा निर्देशक निखिल उप्रेतिको निर्देशनमा तयार गरिएको ‘आचार्य’ले १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यस अवधिमा यो चलचित्र ५४ हजार १०६ दर्शकले हेरेका छन्। यसमा मुख्य भूमिकामा निखिलसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ।
चलचित्र ‘जदौ’ले १३ लाख ९८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ। यसलाई तीन हजार ८६७ दर्शकले हेरेको तथ्यांक छ।अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकारको अभिनय छ।

‘बाः एक योद्धा’ हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्रले करिब दुई करोडको कलेक्शन गरेको छ। ‘बाः एक योद्धा’ले सोही अवधिमा एक करोड ९३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। यो सिनेमा ६५ हजार ५६० दर्शकले हेरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।