अर्थतन्त्र

ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षाका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।

उक्त भेटमा मन्त्री श्रेष्ठले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको बताए।

विज्ञापन

त्यस्तै मन्त्री श्रेष्ठले बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालको आगामी विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत र क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गरी ग्रिडका अवरोध हटाउने, विद्युत् प्रसारण तथा निकासी क्षमता बढाउने र समग्र विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताए।

बढ्दो विद्युत् माग र औद्योगिक आवश्यकतालाई सम्बोधन गर्न उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

ऊर्जा सुरक्षाका लागि जलविद्युतमा मात्र निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको समेत सन्तुलित विकास गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

मौसमी विद्युत् उपलब्धताको व्यवस्थापन, ऊर्जा भण्डारण, ग्रिडको लचकता र आन्तरिक तथा औद्योगिक मागअनुसार भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने रणनीतिक ऊर्जा मिश्रण आवश्यक रहेको मन्त्री श्रेष्ठले उल्लेख गरे।

भेटवार्तामा विकास साझेदारसँगको सहकार्यलाई थप व्यवस्थित र परिणाममुखी बनाउने मन्त्रालयको योजनाबारे पनि जानकारी गराइएको थियो।

विकास साझेदारका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोड्न विषयगत कार्यक्षेत्र, संस्थागत जिम्मेवारी, वित्तीय तथा प्राविधिक सहयोगको आवश्यकता, कार्यान्वयनका चरण र समयसीमासहितको समन्वय संयन्त्र निर्माण गर्ने मन्त्रालयको तयारी रहेको मन्त्री श्रेष्ठले बताए।

विकास साझेदारसँग छरिएका र अलग–अलग रूपमा हुने सहकार्यलाई एकीकृत गर्दै स्पष्ट लक्ष्य र मापनयोग्य उपलब्धिमा आधारित बनाउनुपर्नेमा उनले जोड दिए।

भेटमा नेपाल सरकार र विश्व बैंकबीचको सहकार्यलाई समयसीमा र उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउने विषयमा छलफल भएको छ।

विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको विस्तार र नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन आर्थिक तथा सञ्चालनगत स्थायित्वलाई आगामी सहकार्यका प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।