नेपाली कांग्रेसको महाधिवेशनमा खुला उपसभापति पदका लागि उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार महाधिवेशनस्थल खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्तासमेत रहेका चालिसेले सभापति गगन थापाको आग्रहपछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
चालिसेले आफूले सभापति थापाको आग्रहलाई स्वीकार गर्दै उपसभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएको स्पष्ट पारे।
विज्ञापन

‘सभापति गगन थापाको आग्रहमा मैले उम्मेदवारी फिर्ता लिएको छु,’ उनले सञ्चारकर्मीसँग भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।