राजनीति

उदाउँदो मात्र होइन, अस्ताउँदो सूर्यलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मान गर्नुपर्ने बताएका छन्।

छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले छठले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन्।

उनले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामनासँग जोडिएको उल्लेख गरेका छन्।

विज्ञापन

प्रधानमन्त्री शाहका अनुसार छठ पर्वको सबैभन्दा महत्वपूर्ण पक्ष उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिनु हो। यस परम्पराले प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्नुका साथै जीवनका हरेक अवस्थालाई समान रूपमा सम्मान गर्न प्रेरित गर्छ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा छ।

शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा दिने उनको विश्वास छ।

सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।