ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

आईजीपीलाई खगेन्द्रको चुनौती : दम छ भने बर्दी खोलेर चुनाव लड्नुस्, पदमा बसेर राजनीति नगर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआइजी उमा चतुर्वेदीले आफूमाथि अनावश्यक दबाब र धम्की दिने काम गरिरहेको आरोप लगाएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सांसद सुनारले एआइजी चतुर्वेदीले आफू र आफ्नो फोटो जोडिएका व्यक्तिहरूलाई बोलाएर सोधपुछ तथा धम्की दिने गरेको दाबी गरे।

उनले सीआईबीलाई चुनौती दिँदै आफूविरुद्ध कुनै बदमासी वा गैरकानुनी गतिविधिको प्रमाण भए सार्वजनिक गरेर अनुसन्धान गर्न आग्रह गरे।

विज्ञापन

‘ममाथि कुनै आरोप छ भने प्रमाण ल्याउनुस्, म छानबिनका लागि तयार छु,’ उनले भने, ‘म चोर हुँ भने मलाई र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई एउटै कोठामा थुन्नुस्, म हतकडी लगाउन तयार छु।’

सांसद सुनारले प्रहरी मुख्यालयबाट सञ्चारमाध्यम तथा पत्रकारहरूलाई परिचालन गरेर आफूविरुद्ध वातावरण बनाउने प्रयास भइरहेको आरोपसमेत लगाए। उनले रातभर मानिस बोलाउने, पैसा दिने तथा विभिन्न माध्यमबाट आफूविरुद्ध प्रचार गर्ने काम भइरहेको बताए।

उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि चुनौती दिँदै प्रहरीको जिम्मेवार पदमा बसेर राजनीतिक गतिविधि गर्न नमिल्ने भन्दै चेतावनी दिए।

‘दम छ भने बर्दी खोलेर बाहिर आएर चुनाव लड्नुस्, होइन भने यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रहरी संगठनमा बस्ने नैतिक अधिकार छैन,’ उनले भने।

सुनारले आफ्नो नाम विभिन्न व्यक्ति तथा घटनासँग जोडेर बदनाम गराउने प्रयास भइरहेको दाबी गरे।

‘मेरो नाममा नागरिकता र पासपोर्टबाहेक के छ, देखाउनुस्। मेरो नाममा एउटा कित्ता मात्रै सेयर देखाउनुस्,’ उनले भने, ‘त्यसभन्दा बढी केही भेटिए म जहाँ गएर पनि छानबिनका लागि तयार छु।

उनले आफ्नो थर ‘सुनार’ मिलेकै आधारमा एक पीएचडी अध्ययनरत व्यक्तिसँग आफ्नो सम्बन्ध जोडेर प्रचार गरिएकोप्रति पनि आपत्ति जनाए।

उनले आफूविरुद्ध छानबिन गर्न कुनै आपत्ति नभएको तर छानबिनलाई प्रभावित गर्ने गरी प्रहरी मुख्यालयबाट गतिविधि भइरहेको भन्दै आपत्ति जनाए।

‘हामीले सबै कुरा प्रक्रियाबाट अगाडि बढाऔँला भनेर बसेका थियौँ। तर अहिले जसरी लखेट्ने, घेराबन्दी गर्ने र आक्रमण गर्ने शैली अपनाइएको छ, त्यसले प्रश्न उठाएको छ,’ उनले भने।

उनले आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने र आवश्यक परे प्रमाणसहित उपस्थित भएर जवाफ दिन तयार रहेको बताए। साथै प्रहरीभित्र भइरहेका भनिएका गतिविधिको समेत आफूहरूसँग प्रमाण रहेको दाबी गर्दै ती विषय पनि आवश्यक प्रक्रियाबाट सार्वजनिक गर्ने चेतावनी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।