राजनीति

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएकी छिन्।

जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक आयोजित कार्यक्रममा उनले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गरिन्।

मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन्।

विज्ञापन

उनले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्याइरहेको बताइन्।

जंगली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन्।

उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताइन्।

उनले भनिन्, ‘हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ।’

मन्त्री चौधरीले हिमाली मुलुकले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था, बेलायतको अन्तरराष्ट्रिय विकास, एन्साब, विकास साझेदार, प्राज्ञिक क्षेत्र, विज्ञ, सामुदायिक अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।