खेलकुद

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि फर्मीन लोपेजले दुई तथा एट्लेटिकोका लागि जुलियानो सिमओिनीले एक गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा एट्लेटिकोका जुलियानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा बार्सिलोनाका लोपेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

विज्ञापन

यस्तै, ६६औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोना २–१ गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको एट्लेटिको मड्रिड २८ अंकसहित तेस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।