राजनीति

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने बताएका छन्।

स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने उल्लेख गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने धारणा राखे।

विज्ञापन

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनको भनाइ छ।

प्रदेशको निर्वाचन आगामी मंसिरमा हुने स्थितिमा ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने पोखरेलले उल्लेख गरे। त्यसो गरिएमा राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने उनले बताए।

यस्तै, वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसका आधारभूत जग खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।